• १३ साउन २०८१, आइतबार

गढी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

blog

जयकृष्ण यादव 

इनरुवा, माघ १८ गते । सुनसरीको गढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले उदघाटन गर्नुभएको छ । मन्त्री चौधरीले स्थानीय तहको संरचना कायम भएको ६ वर्षपछि गाउँपालिका स्थानीयले नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउनेगरी भवन उद्घाटन गर्नुभएको हो । 

मन्त्री चौधरीले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नागरिकको काम छिटोछरितो र झन्झटरहित बनाउन भौतिक पूर्वाधारको पनि योगादन रहने भएकाले नवनिर्मित प्रशासनिक भवनबाट कर्मचारीसँगै सेवाग्राहीलाई पनि लाभ मिल्ने बताउनुभयो । 

गढी गाउँपालिका अध्यक्ष आशनारायण चौधरी, उपाध्यक्ष अनिताकुमारी साह, गाउँपालिकाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेका अनुसार भवनमा बैठक कक्षसहित कार्यालयका आवश्यक कोठा रहेका छन् । ३ करोड ७५ लाखको लागतमा भवन निर्माण भएको उहाँले बताउनुभयो ।