• ७ जेठ २०८१, सोमबार

खरायो र हाँसहरू

blog

मोरङ जिल्लामा रहेको रतुवा खोलानजिकै दुइटा मिल्ने साथी लट्ठु र बट्ठु बस्ने गर्दथे । दुइटै सानैदेखि सँगै हुर्केका थिए । जता जानु परेपनि दुइटै सँगै जाने गर्दथे । त्यसै खोलानजिकै रहेको जङ्गलमा एउटा भुन्टे नाम गरेको खरायो बस्ने गर्दथ्यो । 

एक दिन बिहान घामको पहिलो किरणका साथ साथै खरायो उठ्छ र उसलाई झसङ्ग याद आउँछ कि आज उसको खोलापारि बस्ने साथी कान्छाले उसलाई भेट्न बोलाएको छ । त्यसपछि ऊ हतार हतारमा त्यस खोलानिर पुग्छ र खोला हेर्छ अनि भन्छ आबुई ! यस खोलामा त कति धेरै पानी रहेछ अब कसरी जाने होला भन्दै निराश भएर घर फर्किन थाल्छ । त्यसै बेला लट्ठु र बट्ठु आउँछन् र भन्छन्, “के भयो भुन्टेदाइ एकदमै चिन्तामा देख्छु त ? भुन्टेले अँध्यारो मुख लगाउँदै भन्छ केही होइन भाइ खोलापारि बस्ने साथीले भेट्न बोलाएको थियो । यहाँ त यति धेरै पानी रहेछ, म त जान सक्दिन होला त्यही भएर अब घर फर्किन लागेको । अनि बट्ठु र लट्ठुले भन्छन्, “दाइ चिन्ता न लिनु यो खोला पार गर्न हामी हजुरको सहयोग गर्छौं । भुन्टे आश्चर्य भएर भन्छ तिमीहरू मेरो सहयोग कसरी गर्छौ ? बट्ठुले मुस्कुराउँदै भन्यो तपार्इं मेरो र लट्ठुको पिठ्य्ुमा चढ्नुस् अनि हामी विस्तारै गरेर तपाईंलाई खोलापारि पु-याइदिन्छौँ । बट्ठुले भनेझैँ भुन्टे उनीहरूको पिठ्युँमा चढ्छ । अनि विस्तारै गरेर भुन्टेलाई खोलापारि पु-याइदिन्छन् । 

खोलापारि पुगेर भुन्टे उनीहरूको पिठ्युँबाट झर्छ र धन्यवाद भाइहरू भन्छ । अनि मलाई एउटा अझै सहयोग चाहिएको थियो । लट्ठुले अलि चर्को स्वरमा हैट दाइ धन्यवाद भन्नु पर्दैन बरु भन्नु के सहयोग चाहियो ? भुन्टे फेरि सहयोग माग्न अलि लाज मानिरहेको थियो । त्यसै बेला बट्ठुले भन्यो दाइ लाज नमानी भन्नुहोस्, यदि हामी त्यो काम गर्न सक्छाैँ भने पक्कै पनि हजुरको सहयोग गर्ने छौँ । भुन्टेले भन्छ अरू त केही होइन भाइ साँझ आफ्नो घर जानु थियो । लट्ठुले मुस्कुराउँदै भन्यो, दाइ त्यसका लागि तपाइ चिन्ता नलिनु, हामी साँझ सूर्य ढल्नुभन्दा अघि हामी तपाईंलाई लिन आउँछौँ । तपाईं यहीँनिर हामीलाई भेट्नुहोला । सल्लाह भइसकेपछि भुन्टे आफ्नो साथी कान्छाको घरतिर लाग्छ । 

भुन्टे आफ्नो साथीको घर पुग्छ र ढोका ढक् ढक्याउँछ । कान्छा ढोका खोल्छ र भुन्टेलाई देखेर एकदमै खुसी हुन्छ र भन्छ, ए ! आइपुगिस्, अघिदेखि भुन्टेले उसलाई हाँसँहरूले सहयोग गरेको सबै कुरा सुनाउँछ । दुवै जना दिनभरि एकदमै रमाइलो गर्दछन् । 

साँझ सूर्य अस्ताउने समय भइसकेको थियो । भुन्टेले कान्छालाई भन्छ ल त साथी, अब म 

घरतिर लाग्नु प-यो उता खोलानजिकै हाँस भाइहरू मेरो पर्खाइ गर्दै होलान् । कान्छाले भन्यो म पनि तँलाई उ परसम्म छोड्न जान्छु उता अलि काम पनि छ हिँड् । भुन्टे र कान्छा हिँड्न थाल्छन् । 

केही समयपछि खोलानजिकै पुग्छन् । त्यहाँ  हाँसहरू पहिले नै पुगिसकेका थिए । कान्छाले भन्यो, ल त साथी अब म उता अलि काम छ त्यतै लाग्छु है त पछि फेरि भेटौँला । भुन्टेले ल त ल हुन्छ म पनि अब हाँस भाइहरूसँग घर फर्किन्छु । 

त्यसपछि खरायो हाँसहरूको छेउमा जान्छ र भन्छ, ए आई पुगेछ्यौ है भाइ । बट्ठुले मुस्कुराउँदै भन्छ अँ दाइले सहयोग मागेपछि आउनै प-यो नि । त्यसपछि खरायो बिहान जसरी नै लट्ठु र बट्ठुको पिठ्यँुमा चढ्छन् । लट्ठु र बट्ठु बिहानको जसरी विस्तारै खोला पार गरिरहेका थिए । उनीहरू खोलाको बीचमा पुगिसकेका थिए र अचानकै दुइटा भ्यागुता आउँछन् र उनीहरूको वरिपरि उफ्रिन्छन् । लट्ठु र बट्ठु भोकाएको कारणले ती भ्यागुताहरूलाई खान खोज्छन्, त्यसै अवसरमा उनीहरूको ध्यान भट्किन्छ र यताउति हल्लिन्छन् अनि खरायो पनि खस्दछ ।