• १६ कात्तिक २०८१, शुक्रबार

कता पुग्छन् हराएका बालबालिका

blog

मुना हमाल

सुर्खेत, माघ १८ गते । कर्णाली प्रदेशमा बर्सेनि बालबालिका हराउने दर बढिरहेको छ। प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो साढे तीन वर्षको अवधिमा कर्णालीमा एक हजार २२५ जना बालबालिका हराएको उल्लेख छ। त्यसमध्ये एक हजार १६ जना बालबालिका भेटिएका छन्। २०९ जना बालबालिका फेला नपरेको प्रहरीको तथ्याङ्क छ।

हराउनेमा बालकभन्दा बालिकाको सङ्ख्या बढी छ। यस अवधिमा ६६७ बालिका र ५५८ जना बालक हराएको प्रहरीसँग तथ्याङ्क छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी माधवप्रसाद श्रेष्ठले बालबालिका हराउने दर बढ्दो रहेको बताउनुभयो। अशिक्षा, गरिबी, कतिपय विवाह गरेर  जानेलगायतका समस्याले बालबालिका हराउने गरेको उहाँको भनाइ छ।

आर्थिक वर्ष २०७६/७७ मा ३२८ जना बालबालिका हराएका छन्। तीमध्ये १५१ बालक र १५१ जना बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ। तीमध्ये १५ जना बालिका र ११ जना बालक फेला परेका छैनन्। २०७७/७८ मा ३७४ जना बालबालिका हराएका छन्। तीमध्ये १२५ बालक र १३५ बालिका फेला परे पनि ३० जना बालिका र १३ जना बालक फेला नपरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। 

यस्तै २०७८/७९ मा ४११ जना बालबालिका हराएको प्रहरीको तथ्याङ्क छ। तीमध्ये बालिका २४०, बालक १३७ भेटिए पनि १९ बालक र १५ जना बालिका फेला परेका छैनन्। चालू आर्थिक वर्ष २०७९/८० को हालसम्म ११२ जना बालबालिका हराएका छन्। ३१ बालक र ४६ बालिका भेटिएका छन्। ११ बालक र २४ बालिका फेला नपरेको प्रहरीको भनाइ छ। 

आर्थिक वर्ष २०७६/७७ मा ३२८ जना बालबालिका हराएका छन् । तीमध्ये १५१ बालक र १५१ जना बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ । तीमध्ये १५ जना बालिका र ११ जना बालक फेला परेका छैनन् । २०७७/७८ मा ३७४ जना बालबालिका हराएका छन् । तीमध्ये १२५ बालक र १३५ बालिका फेला परे । 

बालबालिका हराउनुमा आर्थिक अभाव, बेरोजगारी, साथीहरूको लहलहैमा लागेर घरबाट निस्कने, परिचित व्यक्तिसँग गोप्य रूपमा भेटघाट, घरयसी झैझगडा, अशिक्षा, बालबिज्याइँ, मानसिक असन्तुलन, मनोवैज्ञानिक रूपमा कमजोर, भागेर बालविवाह गर्नु र जनचेतनाको कमीका कारणले बालबालिका हराउने गरेको प्रहरीको भनाइ छ। गरिब तथा विपन्न परिवार, बालबालिकालाई अभिभावकले निगरानी नराख्ने परिवार र अशिक्षित परिवारका बालबालिका बढी हराउने गरेको प्रहरीले जनाएको छ। हराएका बालबालिका भारततर्फ जाने, होटलमा, घरेलु काम, इँटाभट्टामा काम गर्ने, अवैध कारोबारमा संलग्न हुनेलगायत अति जोखिमपूर्ण काममा संलग्न हुने गरेको पाइन्छ। 

उनीहरू बेचबिखनमा पर्ने, श्रम शोषणमा पर्ने, पढाइबाट वञ्चित हुने र जोखिममा पर्ने गरेको सरोकारवाला बताउँछन्। अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बालबालिका हराउनुको कारण पत्ता लगाएर रोकथामका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो। अधिकांश आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका हराउने गरेको पाइएकाले अभिभावक जिम्मेवार हुनुपर्ने उहाँको सुझाव छ। उहाँले स्थानीय सरकारले बालबालिका हराउनुको कारण अध्ययन गरेर न्यूनीकरण गर्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।