• ११ मंसिर २०८१, मङ्गलबार

हिउँ पन्छाएपछि खुल्यो गमगढी सडक

blog

हरिकृष्ण ऐडी

मुगु, माघ १८ गते । जुम्लाको नाग्म–गमगढी सडकखण्डको बुलबुले क्षेत्रदेखि घुच्चीलेकको सातमोड पिना क्षेत्रसम्म जमेको हिउँ पन्छाएपछि सडक यातायात सञ्चालन भएको छ।

जिल्लाको सिमाना घुच्चीलेकको सडकमा हिउँ जमेसँगै नाग्म–गमगढी लोगमार्ग सोमबारदेखि अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयका प्राविधिक जग्गी विश्वकर्माका अनुसार उक्त क्षेत्रको सडकमा दुई फिटसम्म हिउँ जमेको थियो। सो सडक सोमबारदेखि सञ्चालनमा ल्याइएको हो। सडक खुलेसँगै दर्जनौँ यात्रुवाहक गाडी, मालवाहक ट्रक गन्तव्यतर्फ गएका छन्। विगतका वर्षमा वर्षामा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिना दिनसम्म पनि अवरुद्ध हुने गरेको थियो।

चालक धनसिंह वलीले यो पटक सडक डिभिजन कार्यालय जुम्लाले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राख्दा सहज भएको बताउनुभयो।