• ११ मंसिर २०८१, मङ्गलबार

स्थानीयले गरे रतुवाको उद्दार

blog

स्थानीयले उद्दार गरेको वन्यजन्तु रतुवा(मृग) । तस्बिर : गोरखापत्र

हरिकृष्ण ऐडी

मुगु, माघ १८ गते । स्थानीयले वन्यजन्तु रतुवा (मृग) को उद्दार गरेका छन् । मंगलबार  मध्याह्न तिर सामुदायिक वन घेरवार गरिएको फलामे तारमा अल्झिएको मृगलाई स्थानीयले उद्दार गरेका हुन् ।

स्थानीय रंग बहादुर मल्लले छायाँनाथ रारा नगरपालिका वडा नं–१ छत्यालवडा गाउँ अन्तरगत पर्ने सामुदायिक वनमा घेरवार गरिएको फलामे तारमा अल्झिएको मृग उद्दार गरि डिभिजन वन कार्यालयलाई जानकारी गराएको बताउनुभयो ।

डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख सुमन खनालले वन्यजन्तु रतुवा (मृग) को उचित बासस्थान रारा राष्ट्रिय निकुञ्ज भएकाले डिभिजन वनकार्यालयले निकुञ्जलाई हस्तान्तरण गरिएको बताउनुभयो ।