• ४ जेठ २०८१, शुक्रबार

समैराको नेपाल मोह

blog

माघ अङ्कको आवरणमा देखिएकी सानी नानी हुन् समैरा पोख्रेल । हाल अमेरिकाको भर्जिनियाको ह्वाइट ओएक्स इलिमेन्टरी स्कुलमा कक्षा २ मा पढ्छिन् । अमेरिकामा बसे पनि उनलाई नेपालको धेरै  माया लाग्छ । नेपालको धेरै कुराको याद आउँछ । मुख्यतः उनले नेपाली भाषामा नै कुराकानी गर्न, लेख्न र अरूलाई सिकाउन पनि मन पर्छ । समैरालाई मुना पनि असाध्यै मन पर्ने रहेछ । उनले मुनाको फेसबुक पेजमा आफूले पढेको धेरै कुरा हामीलाई सुनाएकी थिइन् । उनले मुना अनलाइनमा नियमित रूपमा पढ्ने गरेको पनि बताइन् । अनलाइनबाटै मैले मुनाका लागि चित्र पनि बनाएर पठाएकी थिएँ । हजुरहरूले मेरो चित्र मुनामा निकालिदिनुभएकोमा धन्यवाद ।  

उनले यसरी पनि मुनासँग कुराकानी गरिरहन्छिन् । उनलाई चित्र कोर्न  र गीत गाउन असाध्यै मन पर्छ । स्कुलमा आयोजना हुने विभिन्न प्रतिस्पर्धामा उनले नेपालको मन्दिर, हिमाल, गौतम बुद्ध अनि विभिन्न जातजातिको चित्र बनाएर धेरै पुरस्कार पनि पाएकी छिन् । हाम्रो देशको हिमालहरू र सगरमाथा देखेर सबै साथीले मलाई तिम्रो देश कति राम्रो रैछ भन्नुहुन्छ । आफ्नो देशको साथीहरूले प्रशंसा गरिदिँदा खुसी लाग्ने पनि उनले बताइन् ।