• १५ वैशाख २०८१, शनिबार

ढगैंबेंसीलाई पर्यटकीय गन्तव्य बनाइने

blog

राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल मस्र्याङ्दीको ढगैंबेंसीलाई पर्यटकीय गन्तव्य बनाउन छलफल गर्दै स्थानीय । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, माघ १६ गते । राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल मर्स्याङ्दी गाउँपालिका वडा ३ ढगैंबेंसीलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । ऐतिहासिक स्थलको प्रवर्धन र विकासका लागि मर्स्याङ्दी गाउँपालिकाले पहल गरिरहेकोमा स्थानीयले पनि यसको संरक्षण र संवर्धन गर्न गाउँवासी एकमत भएका हुन् । 

नेपाल एकीकरणका प्रमुख पात्र भक्ति थापाको जन्मथलो ढगेंबेंसीमा पर्यटन प्रवर्धन गर्न उहाँकै सालिक निर्माण गरिएको छ । गाउँकै टुकमान थापाले दान दिएको २ रोपनी ६ आना जग्गामा थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । 

वि.स. १८०२ मा जन्मिएका भक्ति थापाको जन्मस्थलको संरक्षण र संवर्द्धन हुन नसकिरहेको बेला भक्ति थापा जन्मस्थल संरक्षण तथा संवर्द्धन विकास समिति गठन गरेर यसको प्रचार प्रसार, संरक्षण र प्रवर्धन थालिएको हो । 

यसको संरक्षणका लागि २०६७ माघ ८ मा चेतबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको थियो । सो समितिले भक्ति थापाले गाईबस्तु चराउने र गोठ राख्ने गरेको प्राकृतिक मनोरमस्थल हर्सिङडाँडामा धर्मशाला निर्माण गरेको मर्स्याङ्दी गाउँपालिका ३ का निवर्तमान वडाध्यक्ष एवम् तत्कालीन समितिका कोषाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो । अहिले उहाँकै अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा हेमबहादुर तामाङ, सचिव तीर्थबहादुर बस्नेत, कोषाध्यक्ष हिरादेवी घले, सहसचिवमा मेकरास तामाङ चयन हुनुभएको छ । सदस्यमा रवि थापा, चन्द्रकला भण्डारी खत्री, देवेन्द्रराज भण्डारी, नन्दराज तामाङ, नारायण थापा, चिजा नेपाली, रामबहादुर थापा, गमबहादुर खत्री, रत्नकुमारी गुरुङ र मुना गुरुङ रहनुभएको छ ।

सल्लाहकार संयोजकमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, सदस्यमा वमबाहदुर थापा, जितबहादुर गुरुङ, महेन्द्रबहादुर थापा, दुधमान तामाङ, अमृता पोखरेल र हर्कबहादुर थापा रहनुभएको छ ।

भक्ति थापाको जन्मस्थल विकासका लागि ८ रोपनी जग्गा थप गर्ने, खुदीको बुद्धबजारबाट मोटरबाटो निर्माण र सडक स्तरोन्नति, पार्कसहितको पिकनिकस्थल निर्माण र सङ्ग्रहालय बनाउने तयारी छ । जन्मस्थल ढगैंबेंसीदेखि गाई चराउने गरेको हर्सिङडाँडासम्म पैदल मार्ग निर्माण गरी ढगैंगाउँलाई पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना, भक्ति थापा प्रतिष्ठान गठन गर्ने योजना समेत रहेको नवनिर्वाचित अध्यक्ष बस्नेतले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भक्ति थापाको योगदानको कदर गर्दै उहाँको जन्मस्थलको संरक्षण र संवर्द्धन हुन आवश्यक रहेको बताउनुभयो । ७३ वर्षको उमेरमा नेपाल–अङ्ग्रेज युद्ध देउथलको लडाइँको कमान्डर बन्नुभएको उहाँले अंग्रेजको हमलामा परेर वि.सं १९७२ वैशाख ६ मा वीरगति प्राप्त गर्नुभएको थियो ।