शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक ११ गते । बङ्गलादेशमा जारी काभा नेसन्स कप भलिबलमा नेपाल पाँचौँ भएको छ ।
६ टोली सहभागी प्रतियोगितामा मङ्गलबार नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हरायो । ढाकास्थित इन्डोर हालमा पाँचौँ स्थानका लागि खेलिएको प्ले अफमा नेपालले माल्दिभ्समाथि २९–२७, २५–२०, ३५–३७, २५–१९ का जित निकालेको हो । नेपालले माल्दिभ्सलाई यसअघि पनि ३–० को सेटमा हराएको थियो ।
यसअघि नेपाल सोमबार श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यस्तै नेपाल अफगानिस्तानसँग ३–०, तुर्कमेनिस्तानसँग ३–० र बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो ।