• ७ वैशाख २०८१, शुक्रबार

शहीदका सपना साकार पार्न प्रतिबद्धता जनाउनुपर्ने : मुख्यमन्त्री शर्मा

blog

सुर्खेत, माघ १६  गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी  आफूहरुले  नीति र कार्यशैली अघि बढाइरहेको बताउनुभएको छ । 

शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उहाँले हाम्रा कार्यशैली र गतिविधिलाई  शहीदका सपना पू्रा गर्ने गरी अघि बढाउनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिनुभयो । 

मुख्यमन्त्री शाहीले   शहीदका सपना पूरा गर्न, सबै प्रकारका भेदभाव अन्त्य गर्न र सुखी तथा  खुसी समाज निर्माण गर्न  सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।