• १२ साउन २०८१, शनिबार

नेता पौडेलद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

blog

अमरराज नहर्की

तनहुँ, माघ १६ गते । शहीद दिवसको अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेलले एउटै गाउँबाट ६ जना शहीद भएको ‘शहीदहरुको गाउँ’ भनेर चिनिने तनहुँको व्यास नगरपालिका –८ स्थित पुलिमराङस्थित शहीद स्मारक पार्कमा आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

श्रद्धाञ्जलि अर्पण गर्दै वरिष्ठ नेता पौडेलले प्रजातन्त्र प्राप्तिका लागि जीवनलाई सहजै देशका लागि शहादत प्राप्त गर्ने सबै शहीद सदा हामी सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहने बताउनुभयो । शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुको सपना साकार पार्न र उनीहरुले देखाएको बाटोमा अघि बढ्न राष्ट्रिय सहमति जरुरी रहेको बताउनुभयो । 

राजनीतिक दलबीच राष्ट्रिय सहमति गरेर व्यक्तिगत स्वार्थत्याग गरेर शहीदका सपना पूरा गर्न वरिष्ठ नेता पौडेलले आह्वान गर्नुभयो । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिएर पुलिमराङका भारत गुरुङ, शमसेर बहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ गरी ६ जनाले शहादत प्राप्त गर्नुभएको थियो । ती शहीदको सम्झनामा अर्धकदका प्रतिमाहरु राखेर शहीद स्मारक पार्क बनाइएको छ ।