• ११ मंसिर २०८१, मङ्गलबार

दीर्घरोगीलाई नगरपालिकाले मासिक दुई हजार दिने

blog

नवीन सुवेदी 

सुर्खेत,माघ १६ गते । भेरीगङ्गा नगरपालिका सुर्खेतले दीर्घरोगीलाई मासिक दुई हजार दिने भएको छ । नगरपालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर,  पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरूलाई उपचार खर्चस्वरूप मासिक दुई हजार दिने निर्णय भएको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो । 

उक्त रोग भएका पीडितहरूले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवश्यक कागजातसहित नगरपालिकामा सम्पर्क गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।