• १४ वैशाख २०८१, शुक्रबार

तरुलको व्यापार (फोटो फिचर)

blog

काठमाडौंको शान्तिनगरस्थित तरकारी बजारमा ग्राहक तरुल छान्दै । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस २९ गते। हरेक चाडपर्वका विशेषता र महत्त्व छन्। नेपालीले मनाउने चाडपर्वमा फरक परिकार खाने गर्दछौं। माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति र माघी भनेर माघ १ गते विशेष परिकार खाएर मनाइन्छ। माघे सङ्क्रान्तिमा विशेषतः तरुल र चाकु खाने चलन छ।

आइतबार माघे सङ्क्रान्ति हो। एक साता अघिदेखि नै तरुलको व्यापार भइरहेको छ। माघे सङ्क्रान्तिका लागि काठमाडौंलगायत देशैभर तरुलको व्यापार  भइरहेको छ।

यो साता फुटपाथ, बाटो र तरकारी बजारमा तरुलको व्यापार फस्टाएको छ। तरकारी बजारमा धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र केही तराईबाट तरुल आउने गरेको तरकारी व्यापारी उद्धवप्रसाद कोइरालाले जानकारी दिनुभयो।

दिनमा खुद्रा तथा थोक गरेर पाँच सय किलो तरुल बिक्री हुने गरेको छ। एक ढकको छ सयमा बिक्री भइराखेको छ। एक ढकमा पाँच किलो हुन्छ।  खुद्रामा १५० रुपियाँमा बिक्री गरेको कोइरालाले बताउनुभयो। 

माघे सङ्क्रान्तिको अवसरमा बजारमा यतिबेला घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुललगायत बिक्री वितरण भइराखेका छन्।   


हात्तीपाईले तरुल । 

बन तरुल । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।