• १२ असोज २०८१, शनिबार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

blog

प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णप्रसाद सापकोटा र सुनिलकुमार भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुहुँदै । तस्बिर : नेपाली सेना

काठमाडौं, पुस ११ गते । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णप्रसाद सापकोटा र सुनिलकुमार भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी सापकोटा उपरथी दर्जामा विशेष बढुवा र भण्डारी उपरथी दर्जामा पदोन्नति हुनुभएको थियो ।

सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सेनापति महारथी शर्माले सापकोटा र भण्डारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।