काठमाडौं, पुस १० गते । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भोलि सोमबार प्रधानमन्त्रीकाे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबार हुने भएको छ ।
सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो । उहाँलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा. अधिकारीले दिनुभयो ।
यसअघि दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गर्नुभएको थियो ।