• ११ मंसिर २०८१, मङ्गलबार

जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

blog

काठमाडौं, पुस ८ गते । सरकारले जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको हो ।

पछिल्लो  सयम जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन् ।

त्यसैले मन्त्रालयले सूचना निकाल्दै त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाउन आग्रह गरेको हो ।

हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न  मन्त्रालयले आग्रह गरेको छ । सकेसम्म  कोइलाजन्य स्रोतबाट आगो नताप्न मन्त्रालयको सुझाव छ । 

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्न, आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउने, हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने, सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरूमबाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्न मन्त्रालयले सुझाव दिएको छ ।