• ७ वैशाख २०८२, आइतबार

सदाय समुदायका किशोरीहरु पढ्न पाएपछि खुशी

blog

मखमली उडान सिकाइ केन्द्रमा पढ्दै मुसहर समुदायका किशोरीहरु । तस्बिर : गोरखापत्र

जीवछ यादव

लाहान,पुस ६ गते । सखुवानन्कारकटि गाउँपालिका –३ पोर्ताहा गाउँमा श्री जनता माध्यमिक विद्यालय भए पनि त्यस गाउँका दलित (मुसहर) समुदायका शिक्षाबाट बञ्चित रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरु अहिले पढ्ने वातावरण मखमली उडान सिकाइ केन्द्रले जुराइदिएपछि खुशी भएर पढ्न थालेका छन् । 

१४ वर्ष उमेर भएकी लक्ष्मीनियाँ सदाय त्यस माध्यमिक विद्यालयमा गाउँपालिकाको पहल र दतित जनकल्याण लहानको सहयोगमा सञ्चालित मखमली उडान सिकाइ केन्द्रमा भर्ना भएर अक्षर चिन्दै किताब पढ्न थालेकी भन्दै ६ महिना अझै पढेर त्यही विद्यालयको कक्षा ५ वा ६ मा पढ्न सकिने हिम्मतका साथ पढ्न लागेको बताउनुभयो । 

अक्षर चिनौ‌ंला र किताब पढौ‌ंला भने लागेको थिएन तर उडान केन्द्रले पढने अवसर जुटाइदिएकोमा लक्ष्मीनियाँसँगै पढिरहेकी सबै किशाेरीहरु हर्षित देखिएका हुन् । कक्षा दुईसम्म पढेर विद्यालय छाडिसकेकी १२ वर्षीया रीना सदाय भन्नुहुन्छ,‘ आफू उच्चशिक्षाकाे पढाइको भोक लाग्यो । घरमा बुवाभन्दा आमाले छोरी पढ्न मन लगाउ भनेर हौस्याउँदै पढाइको वातावरण पोर्ताहा गाउँमा आमा समूहले  बनाउन लागेकाले पढाइका लागि झन् अनुकूल वातावरण बन्दैछ ।’’

मुसहरका बालबालिकाहरु पढेर के गर्ने भने भ्रम हट्दै पढाइप्रति गाउँमा माहोल तयारभयो। गाउँमै विद्यालय भएपनि मुसहर समुदायका बालबालिकाहरु पढने उोरमा गाईबाख्रा चराउने आमा बुवा कृषि मजदुरी गर्न जाँदा घरको स्याहार गर्ने, पढ्नुपर्छ भने चेत नै नभएका मुसहर समुदायका किशोरीहरु तनमनले पढ्न थालेपछि पोर्ताहा गाउँमा बल्ल शिक्षाको घाम लागेको त्यस विद्यालयको प्रधानाध्यापक घुरन यादवले अनुभव सुनाउनुभयो ।

प्रधानाध्यापक यादवले भन्नुभयो, ‘‘उडान सिकाइ केन्द्र सुरु गरेपछि मुसहर समुदायका किशोरीहरु पढ्लान् भने विश्वास त थिएन तर कहिलेकाहीँ ‘नपत्याउने खोलाले बगाउँदो रहेछ’ भने भनाइ चरितार्थ  हुँदैछ । भर्ना भएका किशोरीहरुको सिकाई प्रगतिउन्मुख छ । पोर्ताहा गाउँमै विद्यालय भए पनि टाढा टाढा गाँउका गैर दलित बालबालिकाहरु शिक्षा हासिल गर्थे तर गाँउकै मुसहर समुदायको बालबालिका पढदैन्थ्यो । अब बल्ल पढने वातावरण बन्दैछ ।’’

साउन महिनादेखि सिकाइ केन्द्रमा पढन भर्ना भएकी लक्ष्मीनियासँगै भर्ना भएकी त्यस गाउँका चालीस जना किशोरीहरुको पढाइ देखेर नसोचोको प्रगति हुन थालेको सिकाइ केन्द्रको शिक्षिका कविता साहले बताउनुभयो । उहाँको अनुसार प्रति विद्यार्थी दैनिक ३० रुपियाँ खाजा खर्च अभिभावकहरुलाई बोलाएर दिने गरेका छौं । पाँच महिनाको कक्षामा किशोरीहरुलाई अक्षर चिनाएर किताब पढाउन र गणितमा अङ्क चिन्दै जोड घटाउ समेत गर्न थालेकोले आफू पनि उत्साहित भएकी छु । 

यस गाउँपालिकाको चारवटा सिकाइ उडान केन्द्रको माध्यमबाट दलित समुदायका किशोरीहरुलाई शिक्षा दिन सुरु भएको सिकाइ उडान केन्द्रबाट गाउँपालिकालाई ठूलो राहत मिलेकोले यस कार्यक्रमलाई दलित जनकल्याण युवा क्लबले छाडेर गएपछि गाउँपालिकाले स्वामित्व ग्रहण गरी अघि बढाउने पालिका अध्यक्ष केदारनाथ यादवले विश्वास व्यक्त गर्नुभयो ।