• ४ जेठ २०८१, शुक्रबार

गाउँपालिका अध्यक्ष र अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

blog

काठमाडौँ, पुस ४ गते । तेमाल गाउँपालिका काभ्रेपलाञ्चोकका तत्कालीन अध्यक्ष सलाम सिंह लामा, प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित सात जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

आरोपमा आयोगले अध्यक्ष, प्रशासकीय प्रमुख, व्यवसायीसमेत मिलेमतो गरी नदीजन्य पदार्थ उत्खनन गरेर राजस्व चुहावट गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 

प्रहरीको सई चौधरी माथि भ्रष्टाचार मुद्दा दर्ता

सीमा प्रहरी चौकी, लग्मा, जटही धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकी लाल चौधरी उपर घुस लिएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा दर्ता गरेको छ । 

नगराइन नगरपालिका २, जटहीस्थित पसलका सञ्चालकसँग पसल सञ्चालन गर्न महिनावारी रूपमा रकम दिनुपर्ने अन्यथा पसल सञ्चालन गर्न नदिने भनी सीमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकी लाल चौधरीले घुस लिएको उजुरी पछि उनी माथि मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । 

सई चौधरीलाई सेवाग्राहीसँग चार हजारसहित आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।