• १३ असोज २०८१, आइतबार

सर्लाहीमा गोली चल्यो, सशस्त्रका जवान घाइते

blog

जनार्जन खत्री

सर्लाही, पुस १ गते । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ । 

गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते हुनुभएको छ । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आउनुभएको थियो । 

साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।  

घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी छ । सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले घटनाबारे विस्तृत बुझ्ने काम भइरहेको बताउनुभयो ।