• १३ वैशाख २०८१, बिहिबार

एमालेले टुङ्ग्यायो ३४ जना सङ्घीय समानुपातिक सांसदको नाम (सूचीसहित)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २४ गते । नेकपा (एमाले) ले समानुपातिक तर्फको ३४ जनाको नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज बसेको पदाधिकारी बैठकले नाम टुङ्गो लगाएको हो । 

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार आयोगले तोकेको प्रावधानलाई ख्याल गर्दै क्लष्टर अनुसार समानुपातिक सांसदको नाम बैठकले टुङ्गो लगाएको छ । 

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै प्रचार विभाग प्रमुख गुरुङले टुङ्गो लागेको सूची आजै निर्वाचन आयोगमा बुझाइने छ । उहाँका अनुसार प्रदेशअनुसारको समानुपातिक नाम पनि बैठकले टुङ्गो लगाएको छ । एमालेले टुङ्गो लगाएको सङ्घीय संसद्का समानुपातिक सांसदको नाम यस्तो छ –