• ७ जेठ २०८१, सोमबार

नेपाली (कविता)

blog

स्वतन्त्र थियौँ र छौँ हामी 

एकताबद्ध भई बाँच्न सिकेका छौँ ।


नेपालमा जन्मियौँ हामी

नेपाली भनेर चिनियौँ ।


नेपाललाई चिनाउन चन्द्र–सूर्य झन्डा बोकी 

सगरमाथाको आरोहण ग-यौँ ।


नैतिकता र आदर्शको बोली बोक्दै

विश्वलाई चेतनाको शिक्षा सिकायौँ । 


देशको निम्ति लडेर 

कति रगत बगायौँ । 


जात र धर्म नभनी

भेदभावको सङ्कुच हटायौँ ।


हातमा हात राखेर एकजुट भई 

नेपाललाई सबै सामु चिनायौँ ।


शान्तिको दीप बनेर 

संसार सामु बल्यौँ ।