• ८ मंसिर २०८१, शनिबार

असल बाटो देखाउने छोरी (कथा)

blog

रामपुरकी कमलाको दुई सन्तान थिए । छोरी सुनिता र छोरा सुरेश । सुनिता चार कक्षामा पढ्थी । दाजु सुरेश ६ कक्षामा । उनीहरूको बुवा सरकारी कार्यालयमा अधिकृत थिए । जाडोमा लामो छुट्टी थियो । सुरेश चाहिँ काकाको छोरासँग खेल्न रमाउँथ्यो । उ घरमा एकछिन बस्न रुचाउँदथ्यो । उनीहरू कहिले कम्प्युटर खेल्ने, कहिले टिभी हेर्ने कहिले गितार बजाउने गर्दथे तर सुनिताको केटी साथी कोही पनि थिएन । 

शनिबारको दिन कमलाले सुरेशसित भनिन्, “म बच्चाहरूको कार्यक्रममा जाँदैछु । तिमी दाजुबहिनी घरमै मिलेर बस है ।” “भइहाल्छ नि ममी,” सुरेशले भन्यो तर सुनिताले भनी, “मलाई एक्लै बस्दाबस्दा वाक्क लागिसक्यो आज म तपाईंसित जान्छु ।” 

“उसो भए ठीक १ बजे घरबाट निस्कने है त,” कमलाले भनी ।

“कार्यक्रम कति बजे सुरु हुन्छ ममी ?” सुनिताले सोधी ।

“सवा एक बजे,” कमलाले भनी ।

ढिला गरी उनीहरू घरबाट निस्किए । बाटोमा बल्लबल्ल एउटा माइक्रोबस आयो । हतारहतार बाटो काट्दै माइक्रोबस भएको ठाउँ पुग्नै लागेको थियो । सुनिताको खुट्टामा मोटरले झन्डै हानेको । भाग्यले उसलाई केही पनि भएन तर ट्राफिक प्रहरी र माइक्रो ड्राइभरले उसकी आमालाई नियम उल्लङ्घन गरेको भन्दै सचेत गराए । उसकी आमा भने दुवैलाई उल्टो गाली गर्दै थिइन् । त्यही माइक्रो चढेर उनीहरू थापाथलीमा ओर्लिए । बल्लबल्ल साढे एक बजे उनीहरू सीताको घरमा पुगे । 

“अहो घर त कति राम्रो तर बच्चाहरूको कार्यक्रममा जाने भनेर आमा किन सीता आन्टीको घरतिर ?” उनको मनमा प्रश्न उठिहाल्यो । छिनमै यो कुरामा आमाालाई सोधी हालिन् । “धेरै जान्ने हुने होइन है । चुप लागेर अघि बढ् । आज सीता आन्टीको घरमा हामी स्कुलदेखिको रमाइलो भेटघाट कार्यक्रम छ के,” आमाले दबाउन खोजिन् ।

बुवा र दाइलाई बिहान ढाँटेको कुरा सम्झाइन् सुनिताले । बुवा र दाइलाई सत्य कुरा भने त आउनै नदिने कुरा आमाले सुनाइन् । “भरै घर गएर सबै कुरा भन्ने होइन नि,” आमाले सचेत पनि गराइन् ।

सीता आन्टीको घरमा नाचगान र भोजको कार्यक्रम रहेछ । कमलाका साथीहरू धेरैजसो त सामाजिक कार्यकर्ता । आमाका साथीहरूको कुराको विषय नै श्रीमान, नन्द, आमाजु र सासू थिए । सीता आन्टीका छोराछोरी होस्टेलबाट नआएकाले सुनिता त्यहाँ पनि एक्लै भइन् । आमाका साथीहरूको गन्थन सुन्दासुन्दा उसलाई कहिले घर फर्कुंजस्तो भइसकेको थियो । उनीहरूका 

कुराअनुसार कसैले सासूलाई निकालेका थिए । कतिले श्रीमान्सँग झगडा गरेका थिए । 

बेलुका घरमा केही कुरा झुट बोल्ने उनीहरूले योजना पनि बनाए । त्यो कुरा सगँै गएकी छोरीलाई मन परेन । उनले मनमनै विचार गरिन् । यो कुरा घरमा सबैलाई भन्नुपर्छ । नत्र आमाको यस्तै बानी बसिरहन्छ । 

ठूलो मानिसले आफू असल भएर देखाए मात्र सानाले राम्रो कुरा सिक्ने मौका पाउँछ । बच्चाहरूले जे काम पनि ठूलाले गरेको बोलेको देखेर सुनेर त्यहीअनुसार गर्ने त हो नि । फटाहाका सन्तान फटाहा नै हुन्छन् । यति राम्रो बुवा पाएर पनि तपाईंलाई कस्तो असन्तुष्टि ? धन र पदभन्दा त प्रेम नै ठूलो हो । आज मानिसको मनमा सत्य, धर्म, प्रेम नभएर संसारमा हिंसा र अशान्ति बढेको हो । उनले अब आमालाई सम्झाइन । 

सुनिताको बुवाले  आमालाई सम्झाउँदै भने, “हो कमला प्रेम र सन्तुष्टि नै आनन्द र शान्तिको कारण हो । यस्ता हीराजस्ता छोराछोरी ज्यादै थोरैको मात्र हुन्छ । हामी त धेरै भाग्यमानी आमाबुवा हौ । छाडी देउ अब केही गलत सङ्गतहरू । असल बाटोतिर हिँड ।”

कमलाले सुनितालाई भनी, “सुनिताले मेरो आँखा खोलिदिएकोमा धन्यवाद । अबदेखि म यस्तो काम कहिल्यै गर्दिनँ । जुन काम यति सानी छोरीलाई समेत मन पर्दैन । ल अब सँगै जाऔँ । सबै परिवार हात समाउँदै मुस्काउँदै हिँडे ।