• ४ वैशाख २०८१, मङ्गलबार

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ: गृहमन्त्री खाण

blog

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : गृहमन्त्रीको निजी सचिवालय

काठमाडौं, मङ्सिर १८ गते। गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपुर सहयोग गर्ने बताउनुभएको छ। 

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उहाँले प्रहरी अधिकृतलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिनुभयो। 

भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभयो। मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उहाँको भनाइ थियो। 

गृहमन्त्री खाँणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गर्नु भएको थियो। उहाँले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन समेत दिनुभएको छ। रासस