• १४ वैशाख २०८१, शुक्रबार

खरेल, कोइराला र त्रिपाठी सम्मानित

blog

काठमाडौँ, मङ्सिर १७ गते । भारती खरेल प्रतिष्ठानले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । 

समाजसेवी तथा साहित्यकार भारती खरेलको ८५औँ जयन्ती तथा ३०औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा शुक्रबार यहाँ आयोजित  पुरस्कार समर्पण कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेललाई साहित्य सिर्जना क्षेत्रमा सम्मानपत्र र नगद राशि ५१ हजार रुपियाँसहित ‘भारती खरेल स्मृति पुरस्कार–२०७७’ प्रदान गरियो ।

त्यसैगरी समाजसेवाका लागि वरिष्ठ समाजसेवी श्रीमती अनुराधा कोइरालालाई ‘भारती खरेल स्मृति पुरस्कार–२०७८’ प्रदान गरियो । कोइरालाको अनुपस्थितिमा उहाँको पुरस्कार माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले ग्रहण गर्नुभयो । 

प्राडा वासुदेव त्रिपाठीलाई ‘भारती खरेल स्मृति पुरस्कार–२०७९’ प्रदान गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति प्राडा जगमान गुरुङले प्रतिष्ठानका तर्फबाट उहाँहरूलाई पुरस्कार प्रदान गर्नुभयो । 

निमित्त कुलपति गुरुङले साहित्यसाधिका भारती खरेलको समाजसेवा, साहित्य सिर्जना र अध्यात्म साधनाबारे प्रकाश पार्दै नेपाली भाषा साहित्य, समाजसेवा र अध्यात्म साधनाको क्षेत्रमा योगदान पु-याउने व्यक्तिहरूलाई यस प्रतिष्ठानले उत्प्रेरित गर्दै आएको चर्चा गर्नुभयो ।