• ८ वैशाख २०८१, शनिबार

दोलखामा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रको अग्रता कायमै

blog

काठमाडौं, मङ्सिर १६ गते । दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिनुभएको छ ।

हालसम्म पाँच हजार ९७० मतगणना हुँदा उहाँले तीन हजार ६१८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको प्रदेशसभा (क) मा चार हजार ७३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार ५२५  मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (ख)मा चार हजार ४९४ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार १८५ र कांग्रेसका बर्मा लामाले एक हजार ८५७ मत प्राप्त गर्नुभएको छ । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्ला ९४ मतदानस्थल र १९५ मतदान केन्द्र थिए । कूल एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।