• ७ वैशाख २०८१, शुक्रबार

तिलोत्तमामा व्यापार मेला सुरु

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङ्सिर १६ गते । तिलोत्तमा उद्योग व्यापार सङ्गठनले आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ । 

तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा चम्बर अफ कमर्स सहआयोजक रहेको महोत्सव मङ्सिर २६ गतेसम्म चल्नेछ । मेलामा तीन सय स्टल रहेका छन ।

बिहीबार आयोजित मेला/महोत्सव उद्घाटन समारोहमा उद्यमी व्यवसायीले बैङ्क ब्याजदर र अन्य समस्याका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन रहेको बताउनुभयो । 

सो अवसरमा नेपाल उद्योग व्यापार महासङ्घका खिमलाल भण्डारीले उद्योगीका समस्या समाधान गर्न पटकपटक अर्थ मन्त्रालय र सरोकारवालाई ध्यानाकर्षण गराइरहेको चर्चा गर्दै तत्काल ब्याज नघटाए चरणबद्ध आन्दोलन थालिने बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

यस्तै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।