• ८ साउन २०८१, मङ्गलबार

अर्घाखाँची प्रदेश सभा 'क' एमाले उम्मेदवार आचार्य विजयी

blog

गणेश खनाल
अर्घाखाँची, मङ्सिर ७ गते । अर्घाखाँचीमा प्रदेश सभा 'क' मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । आचार्यले २० हजार ५ सय १८ मत लिएर विजयी हुनुभएको हो । 
गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नुभयो ।
आर्चायले  ७ सय ४० मत अन्तरले विजयी हुनुभएको हो । निर्वाचन कार्यालयबाट औपचारिक घोषणा गर्न बाँकी छ । 
ठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएकी पुष्पा भुसालभन्दा प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता छ ।
प्रदेश 'ख' मा गठबन्धन साझा उम्मेदवार नेपाली काँग्रेसका कमलप्रसाद भुसालभन्दा एमालेका उम्मेद्वार रामजीप्रसाद घिमिरे अग्रस्थानमा छन् ।