• १२ साउन २०८१, शनिबार

उदयपुरमा मतगणना सुरु

blog

वेलका नगरपालिका वडा नं ९ स्थित वरपीपल माध्यमिक विद्यालयको (ख) केन्द्रमा रहेको प्रतिनिधि सभा सदस्य पदको मत गणना हुँदै । तस्बिर : भक्तिविलास पोखरेल

गाईघाट समाचारदाता

गाईघाट, मङ्सिर ५ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको उदयपुरमा मत गणना सुरु भएको छ । मत गणनाका लागि सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा मतगणना सुरुभएको उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार क्षेत्र नं १ को बेलका नगरपालिका वडा ९ स्थित वरपीपल माध्यमिक विद्यालयको (ख) केन्द्रमा रहेको प्रतिनिधि सभा सदस्य पदको मतपेटिका खोलिएको छ । सो मतपेटिकामा समानुपातिक तर्फको समेत १२ वटा मत परेकाले ती मतपत्रलाई छानेर अलग्याएपछि अर्को पालिकाको एउटा वडाको मतपेटिका खन्याएर मिसाएपछि गणना थालिने बताइएको छ । 

प्रतिनिधि सभा सदस्य पदको मतपेटिका खसेका मतहरू रद्द गरिने यसअघि नै सर्वदलीय सहमति भइसकेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।