• १२ साउन २०८१, शनिबार

इलाम क्षेत्र २ मा मतगणना आरम्भ

blog

इलाम क्षेत्र २ को मतगणन थालिँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मङ्सिर ५ गते । इलाम क्षेत्र नम्बर २ मा एकै पटक चार समूहमा मतगणना थालिएको छ । प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैको र यस क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष–समानुपातिक दुवैको मतगणना थालिएको हो । 

करिब २ बजे सदरमुकामस्थित सिटीहलमा क्षेत्र २ को मतगणना थालिएको हो । क्षेत्र १ को गणना भने फिक्कलस्थित सूूर्याेदय नगरपालिका भवनमा केहीबेरमा सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

इलाम क्षेत्र १ मा पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल उम्मेदवार हुनुुहुन्छ । खनालको मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) का जिल्ला अध्यक्ष महेश बस्नेतसँग हुने अनुमान गरिएको छ । 

१ लाख ९ हजार ५ सय ३५ मतदाता रहेको क्षेत्र १ मा ५९ हजार १ सय ३६ मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम प्रतिनिधिसभा क्षेत्र २ का उम्मेदवार हुुनुुहुन्छ । 

नेम्वाङसँग गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काको मुख्य प्रतिस्धपर्धा हुने अनुमान छ । इलाम क्षेत्र २ मा कुल १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेकामा ६९ हजार ४ सय ८१ मत खसेको कार्यालयले जानकारी दिएको छ ।