• १२ साउन २०८१, शनिबार

इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

blog

इलाममा मतदानमा सहभागी हुनुभएका ११५ वर्षीय मनबहादुर राई र उहाँको नागरिकता । तस्बिर : जिल्ला प्रहरी कार्यालय, इलाम।

कोकिला ढकाल

इलाम, मङ्सिर ४ गते । यसपटकको निर्वाचनमा इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गर्नुभएको छ। फाकफाेकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गर्नुभएको हो । 

राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मनुभएको उहाँको नागरिकतामा उल्लेख छ ।