• १२ साउन २०८१, शनिबार

नेता खरेलद्वारा झापा क्षेत्र नम्बर २ बाट मतदान

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ४ गते । झापाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार अग्नि खरेलले झापाको क्षेत्र नम्बर २ बाट मतदान गर्नुभएको छ । खरेलको स्थायी घर बिर्तामोड नगरपालिका वडा नम्बर ५ हो ।

पूर्व मन्त्रीसमेत रहनुभएका एमाले नेता खरेल यहींबाट दिउँसो मतदान गर्नुभएको हो । खरेलले मुलुकको विकास र समृद्धिको सपना साकार पार्न जनताले सोही अनुसारको काम गर्न सक्ने जनप्रतिनिधि छान्नेमा विश्वास व्यक्त गर्नुभयो । जनादेशअनुसार आगामी सरकार गठन हुने र मतदाताले सही न्याय गर्ने उहाँले बताउनुभयो ।