• १२ साउन २०८१, शनिबार

तीनवटा मतदान केन्द्रमा महिला मात्रै

पाँचथरमा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी

blog

मतदान सामग्री मिलाउँदै पाँचथरको फिदिमस्थित सुखबोध मावि मतदान केन्द्रमा निर्वाचन गराउने जिम्वेवारी पाएका कर्मचारी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, मङसिर ३ गते। पाँचथर जिल्लाका पाँचजना महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ। 

जिल्लाभर पाँच जनालाई मतदान अधिकृत र १५ जनालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो।

उहाँका अनुसार सदरमुकाम फिदिमस्थित सुखबोध मावि जोरसालका तीनवटा केन्द्रमा निर्वाचन सम्पन्न गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी महिलालाई जिम्मेवारी दिइएको हो। यहाँका तीनवटा केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी गरेर ४२ जना महिला कर्मचारी खटाइएको छ।

यसअघि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका ३ मध्ये एउटा केन्द्रको जिम्मेवारी महिलालाई दिइएको थियो।

यसपटक सुखबोध मावि मतदान स्थलका तीनवटै केन्द्रमा निर्वाचन गराउने जिम्मेवारी महिलालाई दिएकोले थप ऊर्जा मिलेको मतदान अधिकृत मध्येकी एक निर्मला दाहालले बताउनुभयो। यो मतदान केन्द्रमा फिदिम नगरपालिका ४ का मतदाताले मतदान गर्छन्। उक्त केन्द्रमा दुई हजार ८ सय मतदाता छन्।