• १२ साउन २०८१, शनिबार

जिल्लाका सबै मतदान केन्द्रमा सामग्री पुग्यो

blog

फिदिमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बिहीबार सामग्री बुझेर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम मंसिर १ गते। पाँचथरमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यहाँका १ सय ७७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित पुगेका कर्मचारीले मतदानस्थलको व्यवस्थापनसँग आवश्यक तयारी थालेका छन्। जिल्ला निर्वाचन कार्यालय, सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी पुरा भएको जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार बिहीबार साँझ जिल्लाका आठ वटै स्थानीय तहमा रहेका १ सय ३ मतदानस्थलका १ सय ७७ केन्द्रमा पुगेका कर्मचारीले निर्वाचन तालिका सम्बन्धी सार्वजनिक सूचना टाँस गरेका छन्। केही केन्द्रमा घेराबारा गर्न थालिएको छ।

शुक्रबार मतदान अधिकृतले सर्वदलीय बैठक राख्दै निर्वाचनका अन्य प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो। पाँचथर जिल्लामा म्यादीसहित तीन हजार सुरक्षाकर्मी एक हजार चार सय १२ कर्मचारी खटाएको छ। पाँचथरमा एक लाख ३८ हजार ९ सय ३२ मतदाता रहेका छन्।