• ८ मंसिर २०८१, शनिबार

बाल अधिकार हाम्रो सरकार

blog

 लिया महर्जन 

कक्षाः ४, गोदावरी रेसिडेन्सियल स्कुल 

गोदावरी, ललितपुर

 विद्यालयमा गुरुआमाले हामीलाई बाल अधिकारका बारेमा पढाउनुभयो । उहाँले बाल अधिकारका बारेमा हामीलाई छर्लङ्ग बुझाउनुभयो ।  बालबालिकाले  पोसिलो खाना, उचित शिक्षा, औषधोपचार, समयानुसार लुगा कपडा, मायालु वातावरण पाउनुपर्छ भनेर बुझाउनुभयो । गुरुआमाले बालबालिकाले यी कुरा नपाएमा बाल अधिकार हनन् हुन्छ भन्ने कुरा पनि बुझाउनुभयो । म धेरै खुसी भएँ र मैले प्रश्न पनि गरेँ । यी कुरा नभएमा कसले दिन्छ त बालबालिकालाई अधिकार ? उहाँले यो कुरा सरकारले जिम्मा लिएको हुन्छ , हामीले आवाज उठाउनु पर्छ । बालबालिकाको हकहितमा काम गर्ने संस्थाहरू बोल्छ ।

अब, मेरो मनमा अनेक प्रश्न खेल्न थाल्छ । किन यति धेरै कुरा हुँदाहुँदै  पनि बालकले दुःख भोग्नु परेको त ! किन नाङ्गो खुट्टा र च्यातिएको लुगामा सडक पेटीमा सुत्नु परेको 

त ?  समाचारमा, पत्रपत्रिकामा, मोबाइलमा म हेर्छु । पाँच वर्षको बालिकालाई बलात्कारपछि मृत्यु । अपराधी भेटिएको छैन भन्ने पनि । म आमा अनि गुरुआमालाई सोध्छु , बलात्कार भनेको के हो ? अपराधी भनेको के हो ? अनि अपराधी नभेट्नु भनेको के हो ? उहाँहरूले मलाई राम्ररी भन्नुभयो तर मैले फेरि प्रश्न गर्छु किन सरकार, शिक्षाको ज्योति छर्ने  शिक्षकहरू अनि बालबालिकाको हितमा बोल्ने संस्थाहरू आदिले किन सुरक्षित छौ भनेर सिकाएको त ? किन समाचारमा सधैँ यस्तै कुरा आउँछन् । मैले धेरै प्रश्न मनमा लुकाएको छु । मेरो र मजस्तै अरू साथीहरूको मनमा पनि यस्तै प्रश्नहरू हुन्छन् । खोइ त जवाफ ? मैले जवाफमा पाएँ समय आउने छ, सरकारले अपराधी पत्ता लगाउनेछ ,संस्थाहरू सडकमा बोल्नेछन् । मेरो मन बुझेको छैन, मैले खोजेको उत्तर आएको छैन । म धेरै डराएको छु । मभित्र कतै म र मजस्तै कलिला बालबालिका पनि कतै ...।

 म सम्पूर्ण बालबालिकाको हितमा बोल्ने संस्था, सरकार तथा व्यक्तिहरूलाई दुई हात जोडेर भन्छु । हाम्रो सुरक्षा गर, हामी अन्यायमा नपरौँ, हाम्रो अधिकारको सुरक्षा हामीलाई देऊ, आवाज उठाऊ र जति पनि लुकेका अपराधीहरू छन् तिनलाई कारबाही गर । हाम्रो अबको दिनलाई सुरक्षित गर । २०७९ को बालदिवसको शुभकामना ।