• १० मंसिर २०८१, सोमबार

आईसीसी टी-२० विश्वकप

इङ्ल्यान्ड आयरल्यान्डसँग स्तब्ध

blog

इङ्ल्यान्डलाई हराएपछि आयरल्यान्डका खेलाडी । तस्बिर : आईसीसी

काठमाडौं, कात्तिक ९ गते । उपाधि दाबेदार टोली ङ्ल्यान्डलाई आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा आयरल्यान्डको नमिठो धक्का लागेको छ ।

बुधबार भएको खेलमा ङ्ल्यान्ड आयरल्यान्डसँग पाँच रनले पराजित भयो । वर्षाले बिथोलेको खेलमा ङ्ल्यान्ड डकवर्थ लेविसको आधारमा विजेता बनेको हो ।

जितको लागि एक सय ५८ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १४.३ ओभरमा पाँच विकेटको क्षतिमा एक सय पाँच विकेटको क्षतिमा वर्षाका कारण खेल रोकिएको थियो ।

खेल पुन सुचारु हुन नसकेपछि डकवर्थ लेविस प्रणालीको आधारमा इङ्ल्यान्डलाई आयरल्यान्डले हराएको हो । इङ्ल्यान्डका लागि डेविड मालनले ३५ रन बनाउनुभयो । मोइन अलीले अविजित २४ र ह्यारी ब्रुक्स १८ रन जोड्नुभयो । 

बलिङमा आयरल्यान्डका जोस लिटलले दुई विकेट लिनुभयो ।यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९.२ ओभरका सबै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो ।

आयरल्यान्डका लागि कप्तान एन्डी बलब्रिनीले सर्वाधिक ६२ रन बनाउनुभयो । लोर्कन टुकरले ३४ रन जोड्नुभयो । बलिङमा इङ्ल्याडका आदिल रासिद र मार्क उडले समान तीन तीन विकेट लिनुभयो ।

जितसँगै समूह ए मा रहेको आयरल्यान्डले दुई खेलबाट दुई अङ्क बनाएको छ । आयरल्यान्ड तेस्रो स्थानमा छ । पराजित इङ्ल्यान्ड समान दुई अङ्कसहित चौथो स्थानमा छ ।