• १६ भदौ २०८१, आइतबार

काबुलमा ६ आईएस लडाकू मारिए

blog

काबुल, कात्तिक ५ गते । अफगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी छ जना लडाकूलाई मारेको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन् ।

इस्लामिक इमिरेट्सको विशेष एकाइहरूको बलले हिजो आइएस लडाकुहरूको लुकेको ठाउँ पत्ता लगाई दुई जना लडाकू पक्राउ गरेको थियो ।

मारिएका केही विद्रोहीहरू वजिर अकबर खानको मस्जिद र दश्त–ए–बर्ची जिल्लाको कलेजमा भएका घातक आतङ्ककारी हमलाहरूमा संलग्न थिए जसले हप्ता अघि दर्जनौं मानिसलाई मारेका थिए ।

मुजाहिदले पनि कारबाहीका क्रममा एक सुरक्षाकर्मी मारिएको र अर्का एक घाइते भएको पुष्टि गरेका छन् ।

अफगानिस्तानमा आईएस समूहविरुद्धको यो दोस्रो अपरेशन हो । केही दिन अघि उत्तरी कुन्दुज प्रान्तमा अफगान सेनाले यस्तै कारबाहीमा पाँच आईएस लडाकू मारेको थियो । रासस/सिन्ह्वा