• १३ साउन २०८१, आइतबार

सात लाख ५० हजार घुससहित पक्राउ

blog

काठमाडौँ, कात्तिक ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौँमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई घुस लिएको आरोपमा शुक्रबार नियन्त्रणमा लिएको छ ।

खतिवडाले मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग पाँच हजार रुपियाँ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कार्यालय सहयोगी खतिवडाले सेवाग्राहीबाट पाँच हजार रुपियाँ लिइसकेको अवस्थामा निजलाई खानतलासी गर्दा स्रोत नखुलेको तीन लाख अठार हजार छ सय रुपियाँ नगद र सात लाख पचास हजार रुपियाँको चेकसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विज्ञप्तिमा जनाइएको छ ।