• १६ चैत २०८०, शुक्रबार

ललितपुरमा पुष्प मेला सुरु (फोटो फिचर)

blog

तिहारलाई लक्षित गरेर आयोजना गरिएको १५औँ गोदावरी पुष्प मेलामा सजाएर राखिएको फूल । तस्बिर:केशब गुरुङ

ललितपुर, कात्तिक ३ गते । तिहारलाई  लक्षित गरेर १५औँ गोदावरी पुष्प मेला  ललितपुरको जावलाखेलमा बिहीबारदेखि  सुरु भएको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको मेला कात्तिक ६ गतेसम्म चल्ने प्रदर्शनीको कार्यक्रम संयोजक डिबी तामाङ्ले जानकारी दिनुभयाे ।

फ्लोरिकल्चर एशोसिएसन, नेपालले आयोजना गरेको उक्त मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक चार गरेर ५५ वटा प्रदर्शनी कक्ष  छन् ।   प्रदर्शनीमा आकर्षक गमलादेखि  विभिन्न प्रकारका फूल तथा औजार बिक्रीमा राखिएको छ । 




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।