• १६ वैशाख २०८१, आइतबार

सफ्ट टेनिस : डबल्समा पुलिस र एपीएफलाई स्वर्ण

blog

सफ्ट टेनिसमा स्वर्ण विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, कात्तिक १ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले बाँडेका छन् । 

पुरुष युगलतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश–१ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जित्नुभएको हो । बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडी संयुक्त तेस्रो हुनुभयो । 

महिलातर्फ एपीएफले स्वर्ण जित्यो । एपिएफका भगवती विक र समृद्धि महर्जनको जोडीले एपीएफलाई स्वर्ण दिलाउनुभयो । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्णपदक जित्नुभएको हो । प्रदेश–१ की श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले कांस्यपदक जित्नुभयो । 

यसअघि हिजो सोमबार भएको एकल प्रतिस्पर्धामा प्रदेश–१ का युकेश योञ्जन र बागमतीका प्रदीप खत्री फाइनलमा प्रवेश गर्नुभएको छ । महिलातर्फ बागमती प्रदेशकी चन्द्रमाया राई र एपीएफकी समृद्धि महर्जनले फाइनलमा स्थान बनाउनुभएको छ ।