• १६ वैशाख २०८१, आइतबार

आर्चरी : स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

blog

आर्चरीमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, कात्तिक १ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ ।

गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जिताउनुभएको हो । सुदूरपश्चिमले रजत र नेपाल पुलिसले कांस्य जितेको छ । 

महिलातर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण जितेको छ । सेनाका सरद विक, सारु तामाङ, खड्ग कुमारी थापामगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाउनुभयो । प्रदेश–१ले रजत र गण्डकी प्रदेशले कांस्य जितेको छ । 

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदीप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण दिलाउनुभएको हो । यस विधामा गण्डकीले रजत जित्दा एपीएफले कांस्य जितेको छ ।