• १६ वैशाख २०८१, आइतबार

महिला बास्केटबल : सेना फाइनलमा

blog

काठमाडौं, कात्तिक १ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला ३३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गरेको छ । मङ्गलबार भएको खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

निर्धारित समयसम्म स्कोर बराबर भएपछि थप गरिएको समयमा सिवाङ्गी लिम्बू र जेनिषा श्रेष्ठले स्कोर गर्दै सेनालाई सेमिफाइनलको यात्रा तय गराउनुभयो । निर्धारित समयसम्म सेना र गण्डकीले समान ६–६ अङ्कको स्कोर गरेको थियो ।