• ६ जेठ २०८१, आइतबार

बुबाको विरासत कायम राख्दै अमृत

blog

स्क्वास एकलको स्वर्ण पदकमा ह्याट्रिक गर्नुभएका अमृत थापामगर । तस्बिर : विकास द्वारे

प्रजित शाक्य

पोखरा, असोज ३१ गते । हीराबहादुर थापाको विरासतलाई कायम राख्दै अमृत थापामगरले सोमबार राष्ट्रिय खेलकुदमा स्क्वास एकलको स्वर्ण पदकमा ह्याट्रिक गर्नुभएको छ ।

सातौ राष्ट्रिय र आठौँ राष्ट्रिय खेलकुदमा स्वर्णपदक जित्ने अमृतले नवौँ राष्ट्रिय खेलकुदमा नेपालमका नम्बर एक स्क्वास खेलाडी अरहान्तकेशर सिम्हलाई पाँच सेटको रोमाञ्चक खेलमा हराएर इतिहास बनाउनुभयो ।

राष्ट्रिय खेलकुद स्क्वासमा एकल स्वर्ण थापा परिवार बाहिर गएको छैन । पाँचौँदेखि राष्ट्रिय खेलकुदमा स्क्वास समावेश गरिएको हो । सुरुका दुई संस्करणमा हीराबहादुरले स्वर्ण पदक जित्नुभएको थियो । त्यसपछिका तीन संस्करण अमृतको नाममा रह्यो । महिला एकलमा पनि हीराबहादुरकी छोरी वृष्णा थापा स्वर्णपदककी प्रमुख दावेदार हुनुहुन्छ ।

हीराबहादुर सन् १९९४ देखि २०११ सम्म लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन बन्नुभयो । सन् २०१२ मा आप्mनै छोरा अमृतसँग हारेपछि हीराले आफ्नाे गर्विलो खेल जीवनबाट सन्न्यास लिनुभएको थियो । अहिले स्क्वासको राष्ट्रिय प्रशिक्षकको भूमिकामा हीरा हुनुहुन्छ ।

अमृत र अरहान्तका दुवैका गुरु पनि हीराबहादुर नै हुनुहुन्छ । त्यसैले पनि हीराबहादुरले फाइनलमा आफ्नाे छोरा अमृतका लागि पूर्णरुपमा समर्थन गर्न सकिन भन्नुभयो । दुवै मेरो चेला हुन् । त्यसैले दुवैले खेल्दा राम्रो खेल्नेले जितोस् भन्ने मेरो चाहना हुन्छ– ‘‘प्रशिक्षक हीराबहादुरको भनाइ छ ।’’

हुन पनि घरेलु स्क्वासमा हरेक फाइनलमा यी दुई नै खेल्ने गर्छन् । यसबाट पनि घरेलु स्क्वासमा अरहन्त र अमृत कत्तिको हावी छ भन्ने थाहा हुन्छ । यी दुई प्रशिक्षण पनि सँगै गर्छन् । त्यसैले दुवैलाई एकअर्काको खेल राम्ररी ज्ञान छ । तर पनि अमृतले अरहान्तलाई फाइनलमा नहराएको छ वर्ष भइसकेको थियो । 

यी सबै हारको बदला लिँदै अमृतले सोमबार फाइनलमा अरहान्तलाई १२–१०, ११–८, १२–१०, ९–११ र ११–८ ले निराश बनायो । बागमतीका अमिर ब्लोन र गण्डकीकी दीपक थापाले काश्य पदक जित्नुभयो । सातौँ राष्ट्रिय खेलकुदमा अरहान्तलाई हराएर अमृत च्याम्पियन बनेको हो । अमृतले आठौँ राष्ट्रिय खेलकुदको फाइनलमा भने प्रवीण कंसाकारलाई हराउनुभएको थियो ।


यसपाली अरहान्त उपाधि दावेदार हुनुहुन्थ्यो । तर प्रतियोगितापूर्व डेँगुको सङ्क्रमणमा परेपछि अरहान्तलाई खेलको समयमा फिटनेसले धोका दियो । अरहान्तले पनि हारको कारण आफ्नाे फिटनेशलाई मान्नुभयो– ‘‘डेँगुले गर्दा राष्ट्रिय खेलकुदका लागि पाँच दिन मात्र तयारी गरेकोले हुनाले मलाई आफैमाथि शङ्का थियो । फिटनेश नभएपछि मानसिक रुपमा पनि कमजोर भएँ तर कडा चुनौती दिनसकेँ त्यसैमा खुशी छु । अमृतले पनि राम्रो खेल्यो, अमृत नै जितको हकदार थियो, सातौँ राष्ट्रिय खेलकुदको फाइनलपछि म पहिलो पटक अमृतसँग हारेको छु– उहाँले भन्नुभयो ।’’

अमृतलाई स्वर्णपदक भने सजिलै प्राप्त भएन । यसका लागि अमृतले ५३ मिनेट ४० सकेन्डसम्म कोर्टमा पाँच सेट खेल्नुपर्यो । यद्यपि अरहान्तको वर्चस्व तोड्न सफल भएकोमा अमृत खुशी देखिनुभयो । चार सेटमै जित्नुपर्ने थियो तर खेल पाँचौँ सेटसम्म पुग्यो । 

मेरो खेल जीवनकै उत्कृष्ट प्रदर्शनमध्ये एक हो । अब दिदीसँगै स्वर्ण पदक भिरेर  तस्बिर  खिचाउने चाहना छ। आशा छ दिदी (कृष्णाले) पनि उपाधि जित्नुहुनेछ– उहाँले भन्नुभयो । कृष्णा महिलातर्फ नम्बर एक स्क्वास खेलाडी हुनुहुन्छ ।