• १६ चैत २०८०, शुक्रबार

बिजुली लाइन सर्ट हुँदा आगलागी (फोटो फिचर)

blog

बिजुली पोलमा लागेको आगो । तस्बिर केशब गुरुङ

काठमाडौं, असोज २९ गते । बिजुली पोलमा लाइनसर्ट हुँदा आगलागी भएको छ । काठमाडौंको अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरण भवन अगाडि बिजुलीको दुई वटा पोलमा आगो लागेको थियो । काठमाडौं महानगरपालिकाको जुद्धबारुण यन्त्रबाट  गएको दमकलले आगो नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार आगो शनिबार मध्याह्न साढे १२ बजे तिर लागेको थियो । बिजुलीको पोलमा टेलिफोन, इन्टरनेट, बिजुलीका तारको गुजिल्टा धेरै भएका कारण लाइन सर्ट भई आगो लागेको हुन सक्ने उहाँको भनाइ छ ।

प्रहरी उपरीक्षक पुरीले आगो लाग्न साथ लाइन काटिएको र अब जलेको तारहरू हटाएपछि बिजुली बत्ती सञ्चालनमा आउने जानकारी दिनुभयो । आगो लागेका कारण यस क्षेत्रमा केही समय सावरी साधन आवागमनमा समेत अवरुद्ध भएको थियो ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।