• १६ वैशाख २०८१, आइतबार

उद्घाटन अघि नै सकियो फेन्सिङ

blog

फेन्सिङमा च्याम्पियन आर्मी । तस्बिर : विकाश द्वारे

गोरखापत्र समाचारदाता

पोखरा, असोज २८ गते । नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन सुरु हुनुअघि नै फेन्सिङ प्रतियोगिता सकिएको छ । फेन्सिडमा नेपाल सेना च्याम्पियन बन्यो । चार दिनअघि सुरु भएको फेन्सिडको अन्तिम दिन शुक्रबार भएको अन्तिम इभेन्ट्स सिनियर पुरुष टिम इपीमा नेपाल आर्मीले स्वर्ण पदक जित्यो । सो टोलीमा आर्मीबाट राजेश चौधरी, मिन कार्की, सुरज सिंह र राम थापाले प्रतिस्पर्धा गर्नुभएको थियो ।

पोखरा रडगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आर्मी टिमले जडग गिरी, सुकिराम तामाङ र सागर थापा सम्मिलित एपीएफको टिमलाई फाइनलमा ४५–२८ स्कोरले हरायो । सेमिफाइनलमा पुग्ने दुई टिम बागमती र गण्डकी कांस्य पदकको हकदार बने । बागमती टिममा भीष्मराज दाहाल, राहुल दर्शन, गगन राई र ओमकार सिंह तथा गण्डकीका विजय अधिकारी, प्रशान्त गुरुङ, नवराज कार्की र सुनिल थापा हुनुहुन्थ्यो ।

फेन्सिडमा व्यक्तिगततर्फ छ र टिम इभेन्ट्समा छ गरी कूल १२ स्वर्ण पदकको छिनाफोना भएको थियो । आर्मीले पाँच स्वर्ण, पाँच रजन र सात कांस्यसहित सबभन्दा बढी १७ पदक जित्यो । बागमतीले चार स्वर्ण र तीन रजत र एक कांस्यपदकसहित आठ पदक जितेर फेन्सिडमा दोस्रो स्थानमा रह्यो । 

बागमती यसपटक फेन्सिडमा विभागीय टिमको आधिपत्य तोड्न सक्ने टिमको रूपमा प्रस्तुत भएको छ । बागमतीका लागि १७ वर्षीया शिक्षा नापितले मात्र आफूले खेलेका दुवै विधामा स्वर्ण पदक जित्नुभएको थियो । एपीएफ दुई स्वर्ण, चार रजत र सात काश्यसहित १३ पदक जितेर तेस्रो भयो । 

सुदूरपश्चिमले एक स्वर्ण र दुई काश्यसहित तीन र गण्डकी प्रदेशले चार कांस्य पदक हात पार्‍यो । यसैगरी प्रदेश १ ले पनि तीन कांस्य पदक प्राप्त गरेको थियो ।