• १३ साउन २०८१, आइतबार

सर्पले टोकेर एक जनाको मृत्यु

blog

फाइल तस्बिर

राजन रावत

हुम्ला, असोज १८ गते  । सर्पले डसेर हुम्लामा एक जनाको मृत्यु भएको छ । पशुुपालन गर्दैआएका उहाँको खर्कमा सुतेको अवस्था सर्पको टोकाइबाट मृत्यु भएको हो । 

सर्पको टोकाइबाट मृत्यु हुनेमा दानचुली गाउँपालिका –३ का छप्की पार्कीको मृत्यु भएको छ । खर्कमा राति सुतेको अवस्थामा सर्पले टोकेपछि अचेत बनेका पार्कीलाई मोटरसाइकलमा स्वास्थ्य चौकी लैजाने क्रममा मृत्यु भएको मृतकका बुवा हस्त पार्कीले जानकारी दिनुभयो  ।  

गरिब दलित परिवारका हस्त पार्कीको जेठो छोरा छप्की पार्की गाई गोरु लिएर छहराखेतमा गाईबस्तु पालन गरेर बस्दै आउनुभएको थियो । हिजो साँझ पार्की खाना खाएर सुतेको अवस्थामा सर्पले टोकेपछि बिहान बेहोस अवस्थामा परिवारका सदस्यले  उहाँलाई फेला पारेका थिए । थाहा पाए लगत्तै उपचारका लागि अस्पताल ल्याए लगत्तै उहाँको मृत्यु भएको थियो । 

दुई वर्ष अगाडि पनि सो गाउँमा एक जनाको सर्पले टोकेर मृत्यु भएको थियो । पछिल्लो समय उक्त गाउँमा मात्र सर्पले टोकेर मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।