• १० मंसिर २०८१, सोमबार

महिला टी–२० वरीयतामा नेपालको दुई स्थान सुधार

blog

फाइल तस्बिर ।

काठमाडौं, असोज १५ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी–२० वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो ।

नेपाल यसअघि १८औं स्थानमा थियो । नयाँ वरीयताको शीर्षस्थानमा अष्ट्रेलिया रहेको छ । यसैगरी इङ्ल्यान्ड दोस्रो, न्युजिल्याण्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।