• १५ वैशाख २०८१, शनिबार

पसल तथा गोदाममा ताल्चा

महानगरको बजार अनुगमन (फोटो फिचर)

blog

काठमाडौं, असोज १२ गते । काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गर्दै बजार अनुगमनलाई जारी राखेकाे छ। अनुगमनकै क्रममालाई बुधबार महानगरको टाेली कुलेश्वर पुगेको छ।

बुधबार महानगरकी उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा कालीमाटी-कुलेश्वर क्षेत्रमा अनुगमन गरेको छ। अनुगमन गर्ने क्रममा केही पसलमा मिति गुज्रिएको मस्यौरा, खाने तेल, चामल चिउराजस्ता सामग्री फेला परेको थियो। मिति गुज्रेका सामग्री  महानगरले जफत गरेको छ।

अनुगमनको क्रममा पसल दर्ता गरेको नगरेको नवीकरण गरेको वा नगरेको तथा कर तिरेको वा नतिरेको पनि हेरिएको छ। हेर्ने क्रममा पसलको नवीकरण नगर्ने पसललाई छिट्टै नवीकरण गर्नु भन्दै आग्रह गरिएको छ। अनुगमनलाई दैनिक निरन्तरता दिने पनि महानगरले जनाएको छ।

अनुगमन टोली आएको थाहा पाएपछि कतिपय पसल तथा गोदाममा ताल्चा  लगाएर व्यापारीहरू भागेका थिए । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।