• १३ वैशाख २०८१, बिहिबार

बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङ सञ्चालन (फोटो फिचर)

blog

बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङको उद्घाटन समारोह । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज ७ गते । बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङ शुक्रबारबाट सञ्चालनमा आएको छ। काठमाडौं महानगरले पार्किङ सञ्चालनमा ल्याएको हो। 

महानगरका प्रहरी निरीक्षक किशोरकुमार भट्टराईका अनुसार करिब एक महिना अगाडि महानगरले अण्डर ग्राउण्ड पार्किङ खाली गराउने काम सोही प्लाजाको इ ब्लकबाट सुरु गरेको थियो। हाल ए, बी, सी, डी र इ ब्लकका सबै पार्किङ सञ्चालनमा ल्याइएको छ। 

त्यसैगरी शंखमुलदेखि पुरानो बानेश्वर सम्मको पार्किङ छिटै सञ्चालनमा आउने भट्टराईले जानकारी दिनुभयो।  


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।