• ११ मंसिर २०८१, मङ्गलबार

केराउ र सुपारीको आयात खुला

blog

काठमाडौँ, भदौ २९ गते । सरकारले केराउ, सुपारी र कालो मरीचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रूपमा ल्याउन सकिने गरी खुला गरेको छ । राजपत्रमा सूचना निकालेर आयात खुला गरिएको हो । 

सरकारले गत आर्थिक वर्षबाटै आयातमा रोक लगाएको उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने भएको सूचनामा उल्लेख छ ।