• २७ पुस २०८१, शनिबार

अफ्ताब र प्रिन्सलाई स्वर्ण

blog

फुल कन्ट्याक्ट कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, भदौ २६ गते । बागमती प्रदेशका अफ्ताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा पहिलो हुनुभएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गर्नुभयो । पुरुष ४० केजीमुनि फाइनलमा प्रिन्सले बागमतीका निरोज दुधराजलाई हराउनुभयो । 

पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङतान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउँदै स्वर्ण जित्नुभयो । 

नेपाल आईएफकेके सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि प्रदेश १ की सलिना खालिङ राई तथा ५० केजीमुनि बागमतीकी रिना माझीले बागमतीकी निङमा तामाङलाई पाखा लगाउँदै पहिलो हुनुभयो । 

सबै स्पर्धाका विजेतालाई उपाधिसहित नगद पुरस्कार प्रदान गरियो । प्रतियोगितामा कूल एक लाख ७५ हजार रुपियाँ पुरस्कार राखिएको थियो । विजेतालाई पूर्व सांसद रामकृष्ण चित्रकार, आयोजक सङ्घका अध्यक्ष घनश्याम श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।