गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २६ गते । राष्ट्रिय सभाको आइतबार १ बजे बस्ने पूर्व निर्धारित बैठक विशेष कारणवश स्थगित भएको छ ।
एक सूचना जारी गर्दै राष्ट्रिय सभाका सदस्य राजेन्द्र फुँयालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो जानकारी गराइएको हो ।
उहाँका अनुसार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्काे बैठक भदौ २९ गते बुधबार विहान ११ बजे बस्नेछ ।